सरकारले क्रिकेट खेलाडीको १ करोड ५७ लाख रुपैयाँ पठायो
काठमाडाैं | कात्तिक १७, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपाल सरकारले विभिन्न समयमा भएका नेपाली क्रिकेट टोलीले जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष विश्वकप एसिया क्षेत्र छनोटको उपाधि, एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी विश्वकप लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।
सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिएका छन् । घिसिङले शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएईलाई ८ विकेटले हराउदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका स्थान बनाउने नेपाली टोलीलाई बधाइ दिएका छन् ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

